बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको तीजको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्लबको संस्थापन अध्यक्ष तथा जोन चियर पर्सन जुनु श्रेष्ठले क्लबका सदस्यहरुले महिलाहरुको सशक्तिकरण, नेतृत्व विकासको साथै सामाजिक सेवामा पनि सक्रिय भएर लाग्नु भएकोमा धन्यवाद दिनु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष प्रकृति राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ सदस्यहरुको नेतृत्व विकासका साथै शैक्षिक, धार्मिक, मानविय र सामाजिक सेवामा क्रियाशिल छ ।















































































































































































































