४ श्रावण २०८३, सोमबार

 

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा लखन थापा, सचिवमा सुवास आचार्य

बागलुङ । लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा लखन थापा सर्वसम्मत चयन भएका छन् ।

थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्ष संजय श्रेष्ठ, द्धितीय उपाध्यक्षमा प्रकाश केसी, तृतीय उपाध्यक्षमा ध्रुव खड्का, सचिवमा सुवास आचार्य र कोषाध्यक्षमा सपना पन्त चयन भएका छन् ।

लायन्स क्लब अफ बागलुङ कालिगण्डकी सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung