बागलुङ । प्रेस सेन्टर नेपालको काठमाडौंमा सम्पन्न पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा थम्मन थापा सन्देश सर्वसम्मत आइतबार चयन हुनु भएको छ ।
प्रेस सेन्टर नेपाल बागलुङका निर्वतमान अध्यक्ष थापा केन्द्रीय सदस्यमा चयन भएको प्रेस सेन्टर नेपाल बागलुङकी अध्यक्ष सरिता खत्रीले नयाँ विश्वलाई बताइन् ।
केन्द्रीय सदस्यमा चयन हुनु भएका थापाले यो जिम्मेवारीले आफूलाई थप उच्च मनोबलका साथ प्रेस सेन्टर नेपालको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितमा अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।













































































































































































































