३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लव अफ धौलागिरिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा राजेश भारी

बागलुङ । बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले लायन्स र लियो क्लबका नेताहरु एकतावद्ध भएर सामाजिक सेवामा क्रियाशिल हुनु पर्ने बताउनु भयो । शुक्रबार लायन्स क्लव अफ धौलागिरि बागलुङद्धारा आयोजित पद हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै श्रेष्ठले लायन्स क्लबले ल्याएको महत्वपूर्ण जनसरोकारका विषयमा नगरपालिकाले सहकार्य गर्दै आएको र नगरवासीको हितमा लायन्स क्लबहरुले रचनात्मक कार्यमा लाग्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा डिष्ट्रिक इन्टरनेशनल रिलेसन चिफ काजिमान गुरुङ, डिष्ट्रिक कोडिनेटर दुर्गा कुँवर,डिष्ट्रिक कोडिनेटर पार्वती थापा क्षेत्री, डिष्ट्रिक कोचिफ कविता बस्नेत, डिष्ट्रिक कोचिफ अनुप रिजाल, रिजन चियर पर्सन नारायण प्रसाद आचार्य, जोन चियर पर्सन जुनु श्रेष्ठ, जोन चियर पर्सन प्रेम केसी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष रन्जिता श्रेष्ठ मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लव अफ धौलागिरि बागलुङका नवनिर्वाचित अध्यक्ष राजेश भारीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु हुँदै क्लब सदस्यको नेतृत्व विकास, क्लबको गरिमा र विभिन्न क्षेत्रमा सृजनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ धौलागिरि बागलुङका निर्वतमान अध्यक्ष तथा निर्वाचन समितिका संयोजक मुकेशचन्द्र राजभण्डारीले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्नु भएको थियो । अध्यक्षमा राजेश भारी, प्रथम उपाध्यक्षमा शिव शंकर साह कानु, द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा छमबहादुर कार्की, सचिव विदेश कुमार श्रेष्ठ र कोषाध्यक्ष आषिक राजभण्डारी रहेका छन् ।

लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले नवनिर्वाचित सचिव विदेश कुमार श्रेष्ठलाई निर्णय पुस्तिका हस्तान्तरण गर्नु भएको थियो । साथै कोषाध्यक्ष नरेश कँडेलले नवनिर्वाचित कोषाध्यक्ष आषिक राजभण्डारीलाई चेक र अन्य कागजात हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले आफनो कार्यकालमा गरेका सामाजिक सेवा, जनस्वास्थ्य, नेतृत्व विकास, वित्तीय साक्षरता र ट्राफिक सचेतनालगाएतका ५१ वटा कार्यक्रमको बारेमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरेश कँडेलले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षता, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ र सचिव विदेश कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।विसं २०५२ मा स्थापना भएको लायन्स क्लब अफ धौलागिरि बागलुङ धौलागिरि क्षेत्रकै पहिलो क्लब हो ।लायन्स क्लब अफ धौलागिरि बागलुङ क्लबका सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, जनस्वास्थ्य, शैक्षिक, पर्यावरण र मानविय सेवामा सक्रिय छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung