३ श्रावण २०८३, आईतवार

 

रोट्रयाक्ट क्लव अफ बागलुङको १५औँ पदस्थापन सम्पन्न

बागलुङ । युवाको नेतृत्व विकास र सामाजिक सेवामा क्रियाशिल रोट्रयाक्ट क्लव अफ बागलुङको १५औँ पदस्थापना तथा सपथग्रहण कार्य सम्पन्‍न भएको छ।

रोटा वर्ष २०२५/०२६ का लागि नवनिर्वाचित अध्यक्षमा चयन भएका सुनिल गौतमलाई रोटा वर्ष २०२४/०२५ का अध्यक्ष सौरव केसीले पदभार हस्तान्तरण गर्नु भएको छ । १५औँ पदस्थापना समारोहमा पदाधिकारी र सदस्यले पनि पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रमको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ नेपाल अन्तर्गत जोन २१ का असिस्टेन्ट गर्भनर भवन राज बरालले गर्नु भएको थियो । उद्घाटन समारोहमा बोल्दै बरालले रोट्रयाक्ट क्लवले रोटरीले निर्धारण गरेका लक्ष्य र कार्यलाई पूरा गर्न सहयोगी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले क्लवले सामाजिक कार्यसँगै विभिन्न रचनात्मक तथा युवाहरुको क्षमता विकासको क्षेत्रमा काम गरेर समाजमा छुट्टै पहिचान पनि बनाएको बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष नारायण प्रसाद गौतम, रोट्रयाक्ट क्लव जोन १६ का जेडआरआर श्रीनाथ वाग्ले, रोट्रयाक्ट क्लव अफ गल्कोटका अध्यक्ष नविन सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्ती मगरले मन्तव्य व्यक्त गरेका थिए ।

रोट्रयाक्ट क्लव अफ बागलुङ सुनिल गौतमले क्लबको संस्थागत विकास गर्न र युवालाई विभिन्न क्षेत्रको नेतृत्वदायी भूमिका लैजान सामुहिक पहल गर्ने बताउनुभयो । अध्यक्ष गौतमको बारेमा क्लवका पूर्वअध्यक्ष ताराप्रसाद शर्माले जानकारी गराएका थिए । कार्यक्रममा रोटा वर्ष २०२४्र२५ का अध्यक्ष सौरव केसीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नेलाई धन्यवादसहित सम्मान गरेका थिए ।

कार्यक्रम रोटा वर्ष २०२४्र२५ का अध्यक्ष सौरव केसीको अध्यक्षता, उपाध्यक्ष किशोर सापकोटाको स्वागत र सचिव मनोज गौतम, कोषाध्यक्ष अस्मित कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung