३ श्रावण २०८३, आईतवार

 

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यामन्दिर मावि तेस्रो

बागलुङ । बागलुङ नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यामन्दिर माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको छ । विद्यामन्दिर माविले ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक हात पारेर आफूलाई तेस्रो स्थानमा पार्न सफल भएको हो ।

विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीले यो सफलता हामी सबैको साझा सपना थियो । यो खेलकुद प्रतियोगितामा कठिन महेनत गरी राम्रो नतिजा ल्याउन सफल विद्यालयका खेलाडि तथा सक्रिय शिक्षक, कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको परिणाम आफू धेरै हर्षित भएको र थप राम्रो नतिजा ल्याउन विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो । यस पालि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङले चुमेको छ ।

चिल्ड्रेन लाईफले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदक सहित शिल्ड हाता पारेको हो ।सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि पहिलो चिल्ड्रेन लाईफ प्रथम भएको थियो ।

प्रतियोगितामा अमर आदर्श मावि दोस्रो भएको छ । अमर आर्दशले १० स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३८ पदक हाता पारेर दोस्रो भएको हो ।विजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको छ ।

शिक्षासँगै खेलकुद पनि अपरिहार्य भएको हुँदा खेलकुद क्षेत्रको विकास निम्ति नगरपालिकाले जोड दिने श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका-५ का अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल र दिपक शर्माले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung