३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकालाई तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले तेस्रो पटक लगातार हात पारेको छ । बाङ्गेचौर खेल मैदानमा सम्पन्न १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ काश्य पदक सहित कुल ४८ पदकसहित उपाधी चुमेको हो ।

बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ । भलिबलमा एक काश्य, कबड्डीमा १ स्वर्ण, १ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । कँरातेतर्फ २ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको छ । दोस्रो भएको बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ काश्य पदक गरी कुल ३१ पदक जितेको छ ।

बडिगाड गाउँपालिकाले एथ्लेटिक्समा ५ स्वर्ण, ५ रजत र १ काश्य, कबड्डीमा १ काश्य, तेक्वान्दोमा १ रजत, ६ काश्य, करातेमा ३ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको छ । तेस्रो भएको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ७ काश्य पदक सहित कुल १९ पदक जितेको छ ।

ढोरपाटनले एथ्लेटिक्समा २ स्वर्ण, ४ रजत र २ काश्य पदक जितेको छ । भलिबलमा एक रजत, कराँतेमा ४ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको छ । यस्तै जैमिनी चौथो, गलकोट पाँचौ, काठेखोला छैठौं भएको छ ।

प्रतियोगितामा बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका सहभागी रहेको थियो । प्रतियोगितामा तमानखोला भने सहभागी नभएको खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung