६ श्रावण २०८३, बुधबार

 

अत्याधिक रक्तस्राव भएपछि हवाई उद्दार गरिएकी सुत्केरीको मृत्यु

बागलुङ । अत्याधिक रक्तस्राव भएपछि बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट एक सुत्केरीको हवाई उद्दार गरेपनि बचाउन नसकिएको हो ।

निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मीना सुनारको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो ।

आकाशमै स्वास्थ्यमा थप जटिलता आएपछि मणिपाल शिक्षण अस्पतालमा अवतरण गरी उपचार थालेपनि उपचारको क्रममा मृत्यु भएको बुर्तिबाङ अस्पतालका प्रमुख डा। अविनाश पोखरेलले जानकारी दिनुभयो ।

सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो ।

सुत्केरी भएपछि सुरुमा स्वास्थ्य अवस्था सामान्य भएपनि शरीरभित्र अत्यधिक रक्तस्राव भई रगत जमेपछि काठमाण्डौ रिफर गरिएको हो ।

सुत्केरीको अवस्था थप जटिल बन्दै जान थालेपछि आज बुधबार थप उपचारका बुर्तिबाङ अस्पताल ल्याइए अस्पतालले उपाचार गर्न नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दारगरी काठमाण्डौ लगिएपनि पोखरा अवतरण गरेर मणीपाल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung