४ श्रावण २०८३, सोमबार

 

‘तिमीले जस्तो एउटा मुटु’ भिडियो बजारमा

युवा लेखक तथा साहित्य सर्जक घायलश्रीको ‘तिमीले जस्तो एउटा मुटु’ बोलको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्यााग्दीको साहित्यमा क्रियाशील घायलश्रीले लेखेको गीतमा चर्चित गजल गायक राज सिग्देलले संगीत तथा आवाज दिएका छन् ।

गीतको निर्देशन दिलिप रेग्मीले गरेका छन् भने गीतमा सुशील थापा, सुशिला थापा र होम थापाले मोडलिङ गरेका छन् । भिडियो छायाङ्न मनोज चौहानको रहेको छ भने उक्त गीतलाई म्यूजिक नेपालले युट्यब मार्फत बजारमा ल्याएको हो । संचारकर्मी तथा साहित्यमा क्रियाशील रहेका घायलश्री साहित्यसंगै साङ्गितिक यात्रामा पनि प्रवेश गरेका हुन् ।

पछिल्लो समय म्याग्दीको साहित्यमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य संचारको अध्यक्ष, बुलबुल साहित्यिक पत्रिकाको सम्पादक समेत रहेका घायलश्रीका आधा दर्जन साहित्यिक पुस्तक समेत बजारमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung