७ जेष्ठ २०८१, सोमबार

 

अमेरिकन प्रि–स्कुलको शैक्षिक प्रणाली नेपालमा

विश्वस्तरीय शिक्षामा आम नेपालीको पहुँचलाई सहज बनाउने उद्देश्यले क्वालिटी के. जी. अमेरिकन प्रि–स्कुलको शैक्षिक प्रणाली नेपालमा सुरु गरिएको छ । म्यानेजमेन्ट इन्स्टिटच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड नेपाल) को पहलमा नेपालमा पहिलो पटक बाल एवं निम्न प्राथमिक शिक्षाको क्षेत्रमा विश्व मापदण्डको प्रि–स्कुल नेपाल भित्रिएको हो ।

माइण्ड नेपाल र क्वालिटी केजी अमेरिकन प्रि–स्कुलको सहकार्यमा हालै राजधानीमा आयोजना गरेको सम्मेलनले अमेरिकन प्रि–स्कुलको शैक्षिक प्रणाली नेपालमा भित्र्याएको घोषणा गरेको थियो । क्वालीटी केजी हालसम्म अमेरिका, बेलायत, क्यानडा, भारत, मलेसिया, बहराईन आदि मुलकमा बाल मनोविज्ञानमा आधारित शैक्षिक प्रणालीलाई सञ्चालित पूर्वप्राथमिक विद्यालय र संस्थाहरूलाई सबल बनाउन कार्यरत छ ।

योे प्रणाली विद्यालय, अभिभवाक र शिक्षित बाल–बालिकाहरूद्वारा रुचाइएको सो अवसरमा जानकारी दिइयो । सो सम्मेलनको अध्यक्षता पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले गरेका थिए । उक्त सम्मेलनमा अमेरिका र भारतका बाल–शिक्षा विशेषज्ञ, अमेरिकी र भारतीय दूतावासका शिक्षा विभागका प्रतिनिधिहरू, नेपालका शिक्षाविद्हरूलगायत १८०भन्दा बढी पूर्वप्राथमिक विद्यालय (मोन्टेश्वरी) सञ्चालक, प्राचार्य लगायत गरी ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।

सम्मेलन उद्घाटन गर्दै डा.तुलाधरले विद्यालय शिक्षाको गुणस्तर सुधार प्रयासलाई नेपालमा शिक्षाको दिगो विकासका लागि सकारात्मक कदम भएको बताए । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्