१५ कार्तिक २०८३, शनिबार

 

चालु अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीन विधेयक पारित गर्ने तयारी

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चालु संसद अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक पास गर्ने जानकारी गराएका छन् । अघिल्लो संसद सत्रमा पास गराउने तयारी भएपनि बाँकी रहेका विधेयक चालु संसद अधिवेशनबाट पारित गरेर सरकारले ऐनका रुपमा कार्यन्वयन गर्ने तयारी गरिरहेको उनले जानकारी गराए ।

सलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए । उनले भने, ‘सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।’

मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए । मन्त्री पोखेलले ओखल ढुंगा पगेका बेला यस्तो बताएका हुन् । नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung