१६ कार्तिक २०८३, आईतवार

 

बागलुङ जेसिजको पदस्थापन सम्पन्न

बागलुङ जेसिजको ४२औं पदस्थापन एवं पुरस्कार वितरण कार्यक्रम शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भयो ।

कार्यक्रमका वक्ताहरूले युवालाई व्यक्तित्व र नेतृत्वको कला सिकाउने सामाजिक संस्था जहिल्यै समाजप्रति उत्तरदायी रहने भन्दै नकारात्मक कुराको विरोध र सकारात्मक कुराको समर्थन गर्न यस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

गण्डकी प्रदेश नेपाली कांग्रेसका समानुपातिक सांसद मणिभद्र शर्मा कँडेल, नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, बागलुङ जेसिजका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठ, सत्यदेवी कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जब्बरबहादुर लामिछानेलगायतले सामाजिक रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसको नेतृत्व जेसिजले गर्नुपर्ने बताए ।

कार्यक्रममा बागलुङ जेसिज वर्ष २०२० का लागि सुरेन्द्र शाक्यको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराइनुका साथै वर्ष २०१९ मा सहयोग गर्ने जेसिजका विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियोे । कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको पूर्णतारा अवार्डबाट बागलुङ जेसिजका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको थियोे ।

कार्यक्रम बागलुङ जेसिजका पूर्वअध्यक्ष एन्जिल शाक्यको अध्यक्षता, पूर्वअध्यक्ष लालकुमारी बस्नेतको स्वागत र बागलुङ जेसिजका सौरभ श्रेष्ठको सञ्चालनमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung