१६ कार्तिक २०८३, आईतवार

 

जनमत माविको अध्यक्षमा रिजाल

बागलुङ नगरपालिका–१३ पैयुँपाटा बाँसकोटमा रहेको जनमत माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भवानीप्रसाद रिजाल चयन भएका छन् । शनिबार भएको बृहत् अभिभावक भेलाले रिजाललाई चयन गरेको हो ।

बानपा–१३ का वडा सदस्यसमेत रहेका रिजाल यसअघि २०५९ र २०६५ सालमा समितिको अध्यक्ष भएका थिए । समितिका सदस्यहरुमा नरप्रसाद शर्मा, रामबहादुर खत्री, यशोदा शर्मा क्षत्री, सीता खत्री, सुरज रिजाल, दयाराम रिजाल र सदस्य सचिवमा प्रधानाध्यापक परशुराम रिजाल छन् ।

भेलाले झलकराज रिजालको अध्यक्षतामा शिक्षक–अभिभावक संघ पनि गठन गरेको छ । सदस्यहरूमा सीता शर्मा, कल्पना शर्मा, विना नेपाली, गीता पौडेल, एकुनाथ भट्ट, मनरुपादेवी रिजाल, टीकाबहादुर क्षत्री चयन भएका छन् ।

भेलामा बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको महत्त्वपूर्ण भूमिका हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung