१५ कार्तिक २०८३, शनिबार

 

रण स्मृति पुरस्कार वितरण

कोरोना प्रभाव विस्तारै कम हुँदै गएपछि भौतिक रुपमा उपस्थित भएर रण स्मृति पुरस्कार वितरण गरिएको छ ।

२०७६/ २०७७ सालमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने बालमन्दिर प्राथमिक विद्यालयका संगम थापा मगर, शीतल विक, सन्देश खड्का र रूद्रेपिपल माध्यमिक विद्यालयका दीपेश सुनार, ममता अधिकारी, सुवास शर्मा र सिम्रन जिसीलाई एक हजार पाँच सयनगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसपटक संस्थाले स्थापना गरेको २०७८ सालको शक्ति पुरस्कारबाट तनहुँका कवि एंवम् निबन्धकार अनिल श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई ८ हजारसहित प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा, रत्न श्रेष्ठ, पुरस्कार संस्थाका अध्यक्ष प्रेम छोटा, रूद्रेपिपल माध्यमिक विद्यालयका प्रअ राजेश श्रेष्ठ, पुरस्कृत साहित्यकार अनिल श्रेष्ठलायतको उपस्थिति रहेको थियो ।

रण स्मृति पुरस्कार संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य अमृत खड्का र संचालन भोजवहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung