१५ कार्तिक २०८३, शनिबार

 

लायन्स क्लब अफ बागलुङ सिटीद्वारा २० छात्र छात्रालाई शैक्षिक सामग्री वितरण

कालिका कन्या मन्दिर माविका विद्यार्थीहरुलाई लायन्स क्लब अफ बाग्लुङ सिटीले शैक्षिक सामग्री वितरण गरेको छ । क्लबलेकक्षा ४ र ५ मा अध्ययनरत २० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा मास्क स्यानिटाइजर वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै डिपार्टमेन्ट चिफ पिएमजीएफ लायन दुर्गा कुँवरले सामाजिक कार्यहरुमा लायन्स क्लबले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाले गरिब तथा लक्षित वर्गका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयलाई छनौट गरेर शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा विद्यालयको तर्फबाट बागलुङ सिटीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा जोन चेयर पर्सन अनुप रिजालले हामी सेवा गर्छौ भन्ने भावनाका साथ विशुद्ध मानवीय सेवामा संलग्न भएको र आगामी दिनमा पनि सेवालाई निरन्तरता दिने बताए ।

लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लायन पुष्पाकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष लायन सिर्जना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव लायन अम्बिका बस्नेतले गरेकी थिइन्।

विशुद्ध मानवीय सेवा गर्ने संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्गतको बाग्लुङ सिटीले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको लायन अम्बिका बस्नेतले बताइन् ।

विशेष गरी शिक्षातर्फ छात्रवृत्ति वितरण कापी कलम तथा जाडो समयमा न्यानो कपडा वितरण गर्नुको साथै विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि सञ्चालन गर्ने संस्थाका अध्यक्ष क्षेत्रीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung