२६ बैशाख २०८१, बुधबार

 

लायन्स क्लब अफ बागलुङ ब्लु शीपको अध्यक्षमा इन्द्र बहादुर थापा

बागलुङ- लायन्स क्लब अफ बागलुङ ब्लु शीपको अध्यक्षमा इन्द्र बहादुर थापा सर्वसम्मत चयन भएको छ । बिहिबार भएको कार्यक्रममा अध्यक्ष थापाको नेतृत्वमा २२ सदस्यीय नयाँ क्लब घोषणा गरिएको थियो ।डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ बागलुङ सिटीले लायन्स क्लब अफ बागलुङ ब्लु शीप गठनको लागि स्पोन्सर गरेको थियो ।

नव गठित क्लबको प्रथम उपाध्यक्षमा एकेन्द्र थापा, सचिवमा ईन्द्र बहादुर थापा, कोषाध्यक्षमा हिरा बहादुर थापा रहेका छन् ।

कार्यक्रममा चिफ एडभाइजर दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, लायन्स क्लब अफ धौलागिरिको अध्यक्ष ताल बहादुर कुँवर, र लायन्स क्लब अफ बागलुङ ब्लु शीपको अध्यक्षमा इन्द्र बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्ष पुष्पा केसीको अध्यक्षता, प्रथम उपाध्यक्ष सृजना श्रेष्ठको स्वागत र सचिव लाल कुमारी बस्नेतको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्