२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्षमा खड्का

बागलुङ । लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्षमा शेखर खड्का सर्वसम्मत चयन भएका छन् । बधवार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४  को लागि खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा विप्लव शर्मा, द्धितिय उपाध्यक्षमा सुवाश पन्त, तृतीय उपाध्यक्ष लखन थापा, सचिवमा संजय श्रेष्ठ, कोषाध्यक्ष नन्दु विष्ट, सहसचिव प्रकाश केसी र सहकोषाध्यक्षमा प्रकाश कुँवर चयन भएका छन् ।

यसै गरी क्लब निर्देशकमा ध्रुव खड्का, क्लब मेम्बरसिपमा राजकुमार गौतम, पब्लिक रिलेसनमा अफिसरमा देव खड्का, सांस्कृतिक निर्देशकमा बलराम सापकोटा, क्लब स्वास्थ्य निर्देशकमा पदम कुमार श्रेष्ठ, टेल ट्वीस्टरमा परशुराम विश्वकर्मा र मिडिया संयोजकमा ज्ञानसिंह विश्वकर्मा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डेपुटि डिपार्टमेन्ट चिप अनुप रिजाल, जोन चियर पर्सन केशव सापकोटा, लायन्स क्लब अफ बागलुङ ब्लु सिपका अध्यक्ष इन्द्र बहादुर थापा र मालिका सेवा समाजका अध्यक्ष अध्यक्ष जिवन नाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षता, स्वागत द्धितिय उपाध्यक्ष सुवाश पन्तले र संचालन सचिव लखन थापाले गर्नु भएको थियो ।

क्लबले बागलुङ नगरपालिका वडा नं ५ स्थित श्री पंचासे आधारभुत विद्यालयलाई ५० सेट स्कुल ड्रेस प्रदान गरेको छ । क्लबले ७० हजार बराबरको स्कुल ड्रेस मालिका सेवा समाजको अध्यक्ष तथा मालिका पूर्वविद्यार्थी मंचका अध्यक्ष जिवन नाथ शर्मालाई हस्तान्तरण गरेको लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्ष नारायण प्रसाद आचार्यले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्