३ श्रावण २०८३, आईतवार

 

पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं । पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

पूर्वकर्मचारीहरुको अमूल्य ज्ञान, सीप, अनुभव र अभ्यास राष्ट्र र समाजको हितमा प्रयोग गर्न सबै सरोकारवालाहरुले विशेष ध्यान दिनु पर्ने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताउनुभयो ।

कर्मचारी सञ्चय कोषमा रहेको छ खर्ब रुपैयाँलाई प्राथमिकता तोकेर उत्पादनशिल क्षेत्रमा परिचालन गर्नु पर्ने र समाजमा सामाजिक कार्य गर्ने उद्देश्यले गठन भएको संस्थालाई प्रभावकारी ढंगले संचालन गर्न सबै सक्रिय हुनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र घिताल, सह प्रशासक जीवन कुमार कटुवाल, पूर्वसचिव डा दामोदर प्रसाद रेग्मी, सार्वजनिक संस्था पूर्वकर्मचारी समाजका अध्यक्ष सिद्धिकृष्ण जोशी, पूर्वप्रशासक कृष्ण प्रसाद आचार्य, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष बलबहादुर कुँवर, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोपाल कृष्ण सुवेदी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव विष्णु रेग्मी, आजिवन सदस्य सुधिर थापा, सम्मानित व्यक्तित्व आजिवन सदस्य माधव प्रसाद कोइरालाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आजिवन सदस्यहरु माधव प्रसाद कोइराला र मधुसुदन अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा ५३ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम पूर्वकर्मचारी मञ्च कर्मचारी सञ्चय कोषका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षता, उपाध्यक्ष धर्म प्रसाद खनालको स्वागत, सदस्य गोपाल श्रेष्ठले धन्यवाद र सदस्य मधुसूदन अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung