बागलुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका-३ गुठीको संयुक्त आयोजनामा बागलुङ नगरपालिक- १३ बास्कोटस्थित जनमत माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनानि सुदिप भट्टराईले महिला अधिकार, महिला हिंसा, कानुनी उपचारको व्यवस्था र साइबर क्राइमको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
साथै सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका ३ गुठीकी अध्यक्ष लिला देवी खड्काले बाल मनोविज्ञान, महिला हिंसा, कानुनी व्यवस्था र विद्यालय खेल्नु पर्ने भूमिकाको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा जनमत माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त शर्माले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।















































































































































































































