७ जेष्ठ २०८१, सोमबार

 

अमृत आदर्श आवासिय माविले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विघार्थीलाई गर्यो सम्मान

अमृत आदर्श आवासिय माविले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल सबै विघार्थीलाई सम्मान गरेको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले विघार्थी देशको भविष्य भएकोले दक्ष जनशक्ति उत्पादन अहिलेको मुख्य चुनौति भएको बताए

।शिक्षा विना व्यक्ति अपुर्ण हुने हुनाले हरेक देशको सरकारले शिक्षामा ठुलो लगानी गरेको छ उपाध्यायले भने ।कार्यक्रममा एसईई उत्तीर्ण विघार्थी इरफान अलि ,श्रीदेवी प्रधान,अभिभावक भक्तिराम न्यौपाने ,नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेश राजभण्डारी ,विघालय व्यवस्थापन समिति सदस्य तथा समाजसेवी देबबहादुर श्रेष्ठ ,प्रिन्सिपल महेशचन्द्र प्रधान र विघालयका संस्थापक डा कृष्णबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

विघालय व्यवस्थापन समितिका अध्यक्ष सनत कुमार श्रेष्ठको अध्यक्षता, शिक्षक दीर्धबहादुर हमालको स्वागत र संचालन शिक्षकहरू लक्ष्मी खड्का र सरोज राज पन्तले गरेका थिए ।अमृत आदर्श आवासिय माविबाट ३८ जना विघार्थीहरू एसईई परीक्षामा सहभागि भएको थिए ।जिल्लाकै पुरानो निजी विघालय मध्ये एक यस विघालयले गुणस्तरीय शिक्षा ,सीप , विघार्थीको रुचि र चरित्र निर्माणमा विशेष ध्यान दिदै विघार्थीहरूको सिकाई उपलब्धि बढाउदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्