३ श्रावण २०८३, आईतवार

 

तीज नृत्य प्रतियोगितामा प्रिसियस एकेडेमी प्रथम, अमर आर्दश द्धितीय

बागलुङ । बागलुङमा स्थापित प्रबुद्ध युवा समूहले प्रथम प्रबुद्ध अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

कला संस्कृतिको संरक्षण गर्ने अभिप्रायले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा तीज नृत्य प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम गरेको हो ।

बागलुङ र म्याग्दीका गरि १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रिसियस एकेडेमी प्रथम, अमर आदर्श माध्यमिक विद्यालय द्धितीय तथा म्याग्दीको माउण्ट एभरेष्ट बोर्डिङ तृतीय हुन सफल भएका छन् ।

प्रथम हुने विद्यालयले नगद ४१ हजार १ सय ११, द्धितीय हुने विद्यालयले नगद १७ हजार ७ सय ७७ र तृतीय हुने विद्यालयले नगद ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा जैमिनि नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउन र प्रोत्साहनका लागि प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले समाज बदल्ने गरि र सरल तरिकाले चाडपर्वलाई मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका २ का अध्यक्ष सुरज बोसेल, धौलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सभापति आश्विन शेख र समाजका सल्लाहकार विषेश पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रबुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारको अध्यक्षता, सदस्य जानवी क्षेत्रीको स्वागत, सचिव सागर खत्री र सल्लाहकार दिलिप प्रतेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung