१५ कार्तिक २०८३, शनिबार

 

बल्देधुरी घटना : दुई जनाको शव परिवारले बुझे, पक्राउ परेका आरोपित सार्वजनिक गर्ने तयारी !

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ जनालाई दर्लिङ र बुधबार २ जना गुल्मीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले नयाँ विश्वलाई जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्ने क्रम जारी रहेकाले पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘अहिलेसम्म हेर्दा हाम्रो अनुसन्धान दोषी नजिक पुगेको छ’ ‘आज अथवा भोलिसम्म अभियुक्तहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गछौं ’ उनले भने ।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरीसहित बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देघुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको हत्या भएको थियो । होली खेल्न क्रममा युवतीलाई जबरजस्ती होली लगाइदिँदा दुई समूहबीच झडप भएको थियो । झडप हुँदा निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका घाइतेहरुको पाल्पा र बागलुङमा उपचार भइरहेको छ ।

झडपमा ज्यान गुमाएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको शव परिवारले बुझेका छन् । अभियुक्त पक्राउ पर्ने क्रम जारी भएकाले परिवारले शव बुझेकाे  इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएकाे छ । मृतक दुई जनाका मंगलबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिर्पोट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नयाँ विश्वमा प्रकाशित याे पनि हेर्नुहाेस् :

बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

बागलुङ होली घटना : मृतक दुई जनाको शव पोष्टमार्टमका लागि अस्पताल लगियो

बागलुङ घटना : अनुसन्धानका लागि एसपीको टोली घटनास्थलतिर प्रस्थान

बागलुङमा होली मनाउने विषयमा झडप, भीरमा भेटियो दुई जनाको शव

होली लगाउने विषयमा बागलुङमा झडप, १५ जना भिरबाट खसेको आशंका (भिडियोसहित)

दर्लिङमा दुई युवा समूहबीच झडप, १५ जना बेपत्ता भएकाे आशंका

बल्देधुरी झडप : होली मेला अचानक यसरी बन्यो रणभूमि

बल्देधुरी घटना : वडाध्यक्षको घरमा प्रहरीको धर्ना !

बागलुङ बल्देधुरी होली घटना, चार जना स्थानीय पक्राउ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung